About us
विद्यार्थीको भविष्य उज्वल बनाउन हामी कुनैपनि कसुर बाँकी राख्दैनौँ ।
विद्यालयको ईतिहासः
साविकको रुकुम जिल्लाको उत्तर पश्चिममा रहेको मग्मा गा.वि.स. वडा नं. ८ घारीखोलामा अवस्थित श्री जनविकास मा.वि. हाल नेपालको लामो राजनीतिक संक्रमणकालिन अवस्थालाई सुधार गरी सुवेवस्थित गर्ने उद्देश्यले संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भए पश्चात राज्यको पुनः संरचनापछि आठविसकोट नगरपालिकाको वडा नं. १० अन्तर्गत पर्दछ ।
यस विद्यालय स्थापना गर्नको उद्देश्य यहाँका जनसमुदायलाई शैक्षिक ज्ञान दिएर जीवनस्तर माथि उकास्ने रहेको छ । शिक्षाले नै गर्दा मानवको आफ्नो सर्वाङ्गिन विकास गरी जीवनमा पूर्णता प्राप्त गर्नुका साथै आफ्नो आचारण र रहन सहन परिवर्तन गर्ने भएकोले यि र यस्तै ध्येयका साथ यस विद्यालयको स्थापना भएको हो ।
जनताको शैक्षिक विकास गरी आर्थिक, वैज्ञानिका, सामाजिक तथा सांस्कृतिक उन्नति गर्ने उद्देश्यले यस विद्यालयको नामाकरण “जनविकास” राखिएको हो । यस विद्यालयको स्थापना गर्न यहाँको जनताको ठूलो संघर्ष र त्याग रहि आएको भएता पनि तत्कालिन अवस्थामा यहाँका शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्व संस्थापक अध्यक्ष श्री विर्खबहादुर खत्रीको सक्रियतामा सम्भव भएको हो । यस विद्यालयको विकास क्रम हेर्दा २०२६ सालमा सामान्य केतुकिका बुटा भएको सानो ठाउँ र पुरानो कोलबोट लाई जनश्रमदान गरी छाप्रो जस्तो गोठ बनाएर विद्यालय स्थापना भएको थियो ।
२०२८ सालमा आएर आर्थिक कठिनाईले गर्दा विद्यालय केही समय सम्म बन्द रहन पुग्यो । २०३१ साल भाद्र ३ गते जि.शि.का. रुकुम बाट प्राथमिक पाठशालाको रुपमा सञ्चालन गर्न अस्थायी अनुमति पाइ सञ्चालन गरिएको थियो । २०३२ साल फगुन १२ गते प्राथमिक तह सञ्चालन गर्न स्थायी स्वीकृति पाएको थियो। समाजको आवश्यक्ता अनुसार यस विद्यालयलाई स्तर उन्नति गर्ने उद्देश्यले २०५४ सालमा नि.मा.वि. तहको सुरुवात गरिएको थियो ।
जि.शि.का. रुकुमले नि.मा.वि. सञ्चालन गर्ने अनुमति २०५५ श्रावण २६ मा दिएको थियो भने मा.वि. सञ्चालन गर्न २०६५ जेठ १९ गते क्षे.शि.नि. बाट अनुमति दिएको थियो । हाल यस विद्यालयमा कक्षा १–१० सम्मको पठन पाठन भईरहेको छ।
Head Master of School

मैले सन्तको जीवनशैली बाँचिरहेको हुँदा मलाई आफ्नो लागि केही लिनुछैन । मात्र जति सक्छु, विद्यालय र समाजलाई दिनुछ ।

Inclusive
Nibh in sed venenatis, senectus fermentum nullam donec nulla quis ut facilisis
Responsible
Nibh in sed venenatis, senectus fermentum nullam donec nulla quis ut facilisis
Respectful
Nibh in sed venenatis, senectus fermentum nullam donec nulla quis ut facilisis
Collaborative
Nibh in sed venenatis, senectus fermentum nullam donec nulla quis ut facilisis
Vision:
Mission:
What parent say
