रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नं.१० मा रहेको श्री जनविकास मा.वि. घारीखोलालाई आठविसकोट न.पा.१० घोरीखोला निवासी हाल दाङ घोराही तुलसिपुर चोक स्थित रुकमेली घडी तथा मोबाइल सेन्टर र आइ पिक स्टोर प्रा. लि.का प्रोप्राइटर सुवास रिजालले आफ्नो जन्मदिनको खर्च कटौति गरेर २७ औं जन्मदिनको अवसरमा जन्मोत्सव अक्षयकोषमा रु २७०००।अक्षरुपी रु सत्ताइस हजार प्रदान गर्नु भएको छ। समाजप्रतिको सहयोगी भावना निरन्तर रहिरहोस,उहाँलाई जन्मदिनको भव्य शुभकामना सहित उत्तरोत्तर प्रगतिका लागि विद्यालय परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।