जन्मोत्सव अक्षयकोषमा रकम थप गर्ने दाताको संख्या थपिदै

श्री जनविकास मा.वि.घारीखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा आधुनिक तरिकाले जन्मदिन मनाउने प्रचलनको शुरुवात भएको छ ।जस अनुसार आफूले परम्परागत रुपमा गर्दै आएको सोंचलाई व्यापक सुधार गरी सामाजिक संघ संस्थाहरुमा दान गर्ने संख्या ह्वात्तै बढेको छ । जसमा आठविसकोट नगरपालिका १० घारीखोला रुकुम पश्चिममा निवासी शक्तिराज के सीले आफ्नो जन्मदिनको अवसरमा यस विद्यालयका स-साना बालबालिकाको सुन्दर भविष्य निर्माणमा सहयोग पुग्ने हेतुका साथ  रु ११,१११। अक्षयकोषमा जम्मा गर्नु भएको छ  विद्यालय परिवार शक्तिराज  के सी प्रति जन्मदिनको शुभकामना सहित उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

Screenshot

Leave a Comment

Your email address will not be published. Required fields are marked *