श्री जनविकास मा.वि.घारीखोला आठविसकोट नगरपालिका १० रुकुम पश्चिममा आधुनिक तरिकाले जन्मदिन मनाउने प्रचलनको शुरुवात भएको छ ।जस अनुसार आफूले परम्परागत रुपमा गर्दै आएको सोंचलाई व्यापक सुधार गरी सामाजिक संघ संस्थाहरुमा दान गर्ने संख्या ह्वात्तै बढेको छ । जसमा आठविसकोट नगरपालिका १० घारीखोला रुकुम पश्चिममा निवासी कैलाश के सीले आफ्नो २६ औं जन्मदिनको अवसरमा यस विद्यालयलाई रु २६०००। को भलिबल नेट र घुम्ने कुर्सी उपलब्ध गराउनु भएको छ ।यसमा विद्यालय परिवार कैलाश के सी प्रति धन्यवाद ज्ञापन गर्छ
